कोरोनाको जोखिम कम गर्न नवदुर्गा गण भक्तपुरले आज साँझ नै विजया दशमी मनाउँदै – Kanika Khabar
Friday, January 23Nepali News Portal

कोरोनाको जोखिम कम गर्न नवदुर्गा गण भक्तपुरले आज साँझ नै विजया दशमी मनाउँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, भक्तपुर
कोरोना भाइरसको जोखिम कम गर्न नवदुर्गा गण भक्तपुरले यस वर्षको दशैं आज साँझ नै मनाएको छ । म्हेखासुर रुपी खःम्येलाई बद गरी आज राती मात्र मनाइने नवदुर्गाको विजया दशमी अर्थात मोहनी नखाः कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण साँझ नै मनाउन लागिएको हो । भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा मन्दिरबाट आज साँझ मात्र गर्नुपर्ने खः म्ये यात्रा पनि आज विहान ४ बजे नै ब्रम्हायणी पीठसम्म गरिसकिएको छ । आज साँझ ६ बजे नै खःम्ये बद गरी दशै पर्व मनाइने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजेश बनमालाले जानकारी दिनुभएको छ । स्थानीय समुदाय र श्रद्धालु भक्तजनको चन्दा र भेटिले चल्ने नवदुर्गा नाँचको व्यवस्थापनका लागि यस वर्ष कोरोना भाइरस सङ्क्रमणको डरले समुदायसँग सहयोग माग्न नसकि रहेको उल्लेख गर्दै अध्यक्ष बनमालाले कोरोनाले गर्दा जात्रा व्यवस्थापनमा थप समस्या भएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्