सामाजिक तथा भौतिक दूरी कायम गरी दसैँ मनाउन राष्ट्रपतिको अनुरोध – Kanika Khabar
Saturday, January 17Nepali News Portal

सामाजिक तथा भौतिक दूरी कायम गरी दसैँ मनाउन राष्ट्रपतिको अनुरोध

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादसैँ २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैँ मनाउन आग्रह गर्नुभएको हो । विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ राष्ट्रपति भण्डारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपति भण्डारीको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्