स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन उपराष्ट्रपति पुनको अपील – Kanika Khabar
Saturday, January 17Nepali News Portal

स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन उपराष्ट्रपति पुनको अपील

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुनले महान चाड बडादसैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अनुरोध गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोरोना महामारीका कारण यस वर्षको दसैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेको उल्लेख गर्नुभएको छ । उपराष्ट्रपति पुनले जो जहाँ छ त्यही अवस्थामा घरमै बसेर दसैँ मनाउने विश्वास व्यक्त गर्दै कोरोनाको सङ्क्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा सङ्क्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्नुभएको छ । दसैँमा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका संक्रमित छिट्टै कोरोनामुक्त हुने र उनीहरूको आगामी दसैँ उल्लासमय हुने अपेक्षा उपराष्ट्रपति पुनले गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्