प्रधानमन्त्री ओली र भारतीय ‘रअ’ प्रमुख र कर्णाली प्रदेशका कारण नेकपामा विवाद बढ्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री ओली र भारतीय ‘रअ’ प्रमुख र कर्णाली प्रदेशका कारण नेकपामा विवाद बढ्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रअ’ प्रमुख सामन्त कुमार गोयलसंग भेघाट गरेको बिषयलाइ लिएर नेकपा भित्रै दुइ धार देखिन सुरु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले रअ प्रमुख गोयलसंगको भेटलाइ सामान्य शिष्टाचार भेटको रुपमा व्याख्या गरेका छन् भने अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पक्षका नेताहरुले यसलाइ गलत भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनुभएको छ । प्रवक्ता श्रेष्ठले फेसबुमा नै स्टाटस लेख्दै यो भेटबाटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्न सक्ने बताउनुभएको छ । यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ, उहाँले भन्नुभएको छ । तर सीआईएनसंग कुरा गर्दै ओली निकट एक नेताले भने पार्टी प्रवक्ताको जिम्मेवारीमा बसेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु गलत भएको बताउँदै गोयलसंगको प्रधानमन्त्रीको भेटलाइ बचाउ गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले सरकारको तर्फबाट सामान्य भेटघाट मात्रै गरेको उहाँले बताउनुभयो । भारतीय रअ प्रमुखको नेपाल भ्रमण र बिभिन्न व्यक्तिसंग भएको भेटघाटलाइ लिएर नेपालमा आलोचना भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्