युएई मा एक नेपालीले तिम्ल्याहा बच्चालाई जन्म दिइन – Kanika Khabar
Sunday, January 18Nepali News Portal

युएई मा एक नेपालीले तिम्ल्याहा बच्चालाई जन्म दिइन

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, दाङ

संयुक्त अरव ईमिरेट्स ९युएई० मा एक नेपालीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

३० वर्षीया अलिसा सुवालले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । लामो समय आईसीयूमा बसेका आमासहित सबै बच्चाहरु स्वस्थ रहेकाले अस्पतालबाट घर फर्किइसकेका छन् ।

‘अप्रिलमा कोभिड १९ को कडाइ उच्च थियो । यतिबेला तीन महिनामा स्क्यान गर्दा जब डाक्टरले चाडैं तिम्ल्याहा सन्तान जन्मन्छन् भने तब म कति भयभीत थिए होला, कल्पना गर्नुस्,’ सुवालले भनिन् ।

यूएईको मेडिअर अस्पताल अन्तर्गत अब्स्टेट्रिक्स र गाइनेकोलोजी विभागका प्रमुख डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सय जना गर्भवतीमध्ये एक जनामा मात्रै तिम्ल्याहा सन्तान हुने गरेका छन् ।

उनी अबुधाबीमा रिसेप्सनिस्टको काम गर्छिन् भने उनको श्रीमान विवेक श्रेष्ठ यूएईको सेक्युरेटी कम्पनीमा सुपरभाइजरको रुपमा काम गर्छन ।

यी तीन छोरीहरुको नाम भियाना, अभिलाषा र अरियाना राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्