एक कल फोनको लागि रातभरी जाग्राम बस्नु पर्ने बाध्यता – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एक कल फोनको लागि रातभरी जाग्राम बस्नु पर्ने बाध्यता

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, हुम्ला
हुम्ला चखेली गाउँपालिका वडा नम्बर ५का नेप्का गाउँका स्थानीय इन्टरनेटबाट आफन्तसँग कुरा गर्न रातभर जाग्राममा बस्ने गरेका छन् । दुर्गम गाउँमा टेलिकम सेवा नहुँदा त्यहाँका स्थानीयबासी आफन्तसँग कुराकानी गर्न रातभरी जाग्राम बस्नु पर्नेमा बाध्यतमा छन् । गाउँका बासिन्दाहरू आफन्तसँग कुरा गर्न कि त दुई दिन हिंडेर जानुपर्छ कि त रातभरी जाग्राम बसेर इन्टरनेटमा कुरा गर्नका लागि लाइनमा बस्नुपर्ने नेप्काका स्थानीय हर्कधन तामाङले बताउनुभयो । स्वास्थ्य चौकीमा रहेको वल्र्डलिङ्क इन्टरनेट सेवा पनि भरपर्दो नभएकाले दिनभरी घाम लाग्दा रातीको समयमा कुरा गर्न सकिने अवस्था छ । दुर्गम जिल्ला हुम्लाका अधिकासंग गाउँमा भने टेलिकमको सेवा नै छैन । उत्तरी नाम्खा गाउँपालिकाको लिमीका तिनवटा गाउँ, ताँजकोट गाउँपालिका मासपुर, चङ्खेली गाउँपालिका नेप्का लगायत गाउँमा टेलिफोन सेवा विस्तार नहुँदा स्थानीयबासी समस्यामा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्