भारतमा एक दिनमा हुने कोरोना सङ्क्रमण दर घट्यो – Kanika Khabar
Saturday, January 17Nepali News Portal

भारतमा एक दिनमा हुने कोरोना सङ्क्रमण दर घट्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, दाङ
भारतमा धेरै दिनपछि कोरोना भाइरबाट एक दिनमा हुने सङ्क्रमण दर निकै घटेको छ । बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४ सय ६९ जनामा मात्र कोरोना पुष्टि भएको छ । यो केही हप्ता अगाडिका तुलनामा निकै कम हो । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण ४ सय ८८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ भने अहिलेसम्म यसबाट कूल १ लाख १९ हजार ५ सय २ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ९ लाख ५८ हजार जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोना सङ्क्रमण भएर निको भइसकेकाको सङ्ख्या भारतमा ७२ लाख १ हजार ७० पुगेको छ । भारतमा कोरोनाबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको त्यहाँका सरकारी निकायले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्