अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख भन्दा वढी – Kanika Khabar
Friday, January 23Nepali News Portal

अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख भन्दा वढी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, दाङ
अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।

बुधबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७५ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९० लाख ३८ हजार ३० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५८ लाख ७७ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २९ लाख २७ हजार ९८२ जनामध्ये १६ हजार ७६१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप १०३९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३२ हजार ८४ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्