कोरोना बाट भक्तपुरमा हालसम्म ६४ जनाको मृत्यु – Kanika Khabar
Saturday, January 22Nepali News Portal

कोरोना बाट भक्तपुरमा हालसम्म ६४ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, भक्तपुर
कोरोना भाइरसको सङ्क्रमणबाट भक्तपुर जिल्लामा हालसम्म ६४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा ४५ जना पुरुष र १९ जना महिला रहेका छन् । हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५ हजार ४ सय ७४ जना रहेको छ । जसमा पुरुष ३ हजार १ सय ८, महिला २ हजार ३ सय ६६ जना छन् । हालसम्म ३ हजार ४ सय १४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सङ्क्रमणमुक्त हुनेमा पुरुष १ हजार ९ सय ७२ र महिला १ हजार ४ सय ४२ जना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्