४० औं नेपाल भाषा साहित्य तःमुज्या सुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

४० औं नेपाल भाषा साहित्य तःमुज्या सुरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, भक्तपुर
जनता बाचे, भाषा बाच्छ भन्ने उद्घोषका साथ भक्तपुर नगरका विभिन्न क्षेत्रमा देखाउँदै आएको नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्या कार्यक्रम भक्तपुरमा आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा भएको ४० औं तःमुज्यामा सांसद प्रेम सुवाल, वरिष्ठ पत्रकार भैरव रिसाल, सीमाविद रत्न भण्डारी, भक्तपुर अस्पतालका मेडिकल डाइरेक्टर डा. सुमित्रा गौतम लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरुको मन्तव्य र साहित्यहरु वाचन गरिएको थियो । राजनैतिक सचेतनाका लागि भाषिक आन्दोलनको रुपमा आज भन्दा ४० वर्ष अघि देखि तःमुज्या हुँदै आएको आयोजक समितिका अध्यक्ष चन्द्रवहादुर उलकले बताउनु भयो । प्रत्येक वर्ष दशैंसँगै द्धवादसी र त्रयोदर्सीका दिन तःमुज्या हुदै आएको छ । यसपालिकाको तःमुज्या कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाई जुम मार्फत भइरहेको छ । यसको प्रत्यक्ष प्रसारण रेडियो जनसञ्चार लगायत विभिन्न सामाजिक सञ्जालहरुबाट भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्