निगालोबाट बनेका सामग्री विक्रि हुन छोड्यो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

निगालोबाट बनेका सामग्री विक्रि हुन छोड्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, रुकुम
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० का नागरिक, निगालोका सामग्री बुन्ने र बेच्ने गरेर जिविको चलाईरहेका छन् । तर पछिल्लो समय बजारमा प्लाष्टिक सामग्री सजिलै पाईन थालेपछि, निगालोबाट बनेका सामग्री विक्रि हुन छाडेको छ । दरिवान खड्काको उमेर ७५ वर्ष पुग्यो । तर निगालाको चोया काड्ने र विभिन्न सामग्री बुुन्ने पेशा झण्डै पाँच दशक देखि चलिरहेकै छ । रहर थोरै बाध्यता धेरै, परिवारमा कमाईको मेलो नहुँदा बुढेसकालमा पनि खड्कालाई फुर्सद् छैन । डोको बुन्दै गर्दा भेटिनुभएका भएका खड्का भन्नुहुन्छ । बुनेको डोको भारी बनाएर बेच्नका लागि विभिन्न ठाउँमा पुग्नु खड्काकोे दैनिकी जस्तै बनेको छ । केही महिना अघिसम्म २ सय ५० देखि ३ सय ५० रुपैंया प्रतिगोटाको हिसाबले विक्री हुने डोको, अहिले कसैले किन्दैनन् । बजारमा बाँस र निगालोबाट बनेका सामग्रीको विकल्पमा प्लाष्टिक र टिनबाट बनेका सामग्री पाईन्छ । त्यस कारण उत्पादित सामग्रीले बजार नपाएको खड्काको भनाई छ । त्रिवेणी गाउँपालिका १० का दर्जन बढी स्थानीयको पेशा निगालोको सामग्रीहरु बन्नु हो । स्थानीय कमला ओली पनि श्रीमानले बुनेका डोकाहरु विक्रि गर्न कहिले सदरमुकाम खलंगा, कहिले सोलाबाङ त कहिले जिल्लाका अन्य ठाउँसम्म पुग्नु हुन्छ । निगालोबाट बुनेका सामाग्रीहरुले बजार नपाउँदा भने वर्षौं देखिको पेशा संकटमा पर्ने चिन्ता बढेको छ ।बढ्दो आधुनिकतासँगै निगालोका सामग्रीहरु लोप हुने अवस्थामा पुगेका छन । जसको संरक्षण र राज्यबाट सहयोगको खाँचो रहेको निगालोबाट सामग्री बनाएर जिविकोपार्जन गरिरहेकाहरुको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्