विजुली नहुँदा प्रसुती सेवामा समस्या – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विजुली नहुँदा प्रसुती सेवामा समस्या

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, मुगु
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने एक प्रसुती गृहमा विद्युत सेवा नहुँदा प्रसुति सेवा प्रदान गर्न समस्या भएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकाको वडा नम्बर ८ माँग्रीमा रहेको स्वास्थ्य चौंकिमा रहेको सोलार विद्युत सेवामा समस्या आए पछि विद्युत सेवा बन्द भएको पाईएको छ । १२ वटा सोलार र ८ वटा व्याट्री भए पनि अहिले ४ वटा व्याट्रीले काम नगर्दा विद्युत सेवा अवरुद्ध हुँदा प्रसुती सेवा प्रदान गर्न समस्या उत्पन्न भएको स्वास्थ्य चौकि माँग्रीकी अनमी सरला बुढाले जानकारी दिनु भएको छ ।बत्ती नभए पछि प्रसुती गृहमा रहेका फ्रिज चलाउन नसकिएको , जन्मेका बच्चा राख्ने वेविएम नचल्दा झन समस्या बढि रहेको अनमीको भनाई छ । स्वास्थ्य चौकिमा औषधी अभाव, प्रसुती गृहमा विद्युत सेवा समस्या देखिए पनि कसैले नहेर्दा जटिल समस्या उत्पन्न भएको स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्