कोरोनाका कारण बन्द रहेको हुम्लाको नाम्खामा पठनपाठन सुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोनाका कारण बन्द रहेको हुम्लाको नाम्खामा पठनपाठन सुरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, हुम्ला
हुम्लाको नाम्खा गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको छ । कोरोना महामारीका कारण ७ महिनादेखि बन्द रहेका विद्यालय हिजोबाट पुनः सञ्चालनमा आएका हुन् । कोरोना महामारीका कारण शिक्षा क्षेत्र प्रभावित बनेको बन्दै गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नाम्खामा १६ सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा गरि १ हजार ६० जना विद्यार्थीहरु अध्ययनरत रहेको महाबौद्ध माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले बताउनुभयो । गाउँपालिकामा कोरोनाको जोखिम नरहेको र दसैं–तिहारको बीचमा विद्यालय सञ्चालन गर्न अभिभावकहरुले आग्रह गरेपछि गाउँपालिकाले बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु लामाले बताउनुभयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्