बाँकेमा २९ लाख नगदसहित १० जुवाडे पक्राउ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बाँकेमा २९ लाख नगदसहित १० जुवाडे पक्राउ

    मा प्रकाशित

 

कनिका खबर
दाङ,कात्तिक १३ ।


बाँकेमा २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले नगदसहित उनीहरू पक्राउ परेको पुष्टि गरेका छन्।

‘जुवाको ठूलो अखडामा प्रहरीले गए राति छापा मार्दा २९ लाख बढी नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ,’ एसएसपी बैदवारले भने ‘बाँके प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई आजै सर्वाजनिक गर्दै छ।’
यो विषयमा जानकारी लिने प्रयास गर्दा बाँकेका प्रहरी अधिकारीहरु भने सम्पर्कमा आउन चाहेनन्।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई गए राति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै रहेको एउटा जुवा अखडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको एक प्रहरी अधिकारीले बताए।

बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको नेतृत्वमा गएको टोलीले बुधबार राति उनीहरुलाई पक्राउ गरेको स्रोतले बताएको छ।

जुवाको खालबाट पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको स्रोतले जानकारी दिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्