नेत्र विशेषज्ञ सेवा बिस्तार गर्दै राप्ती स्वास्थ्य प्रतिष्ठान – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

नेत्र विशेषज्ञ सेवा बिस्तार गर्दै राप्ती स्वास्थ्य प्रतिष्ठान

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, दाङ ।

राप्ती स्वास्थ्य वपज्ञान प्रतिष्ठानमा आँखाको सेवा विस्तारका बारेमा प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारिसहितका पदाधीकारीले नेपाल नेत्र ज्योति संघका पदाधीकारी र सदस्य बिचमा छलफल सम्पन्न भएको छ । आँखाको उपचारको लागि सेवा बिस्तार गर्ने उद्देश्यले उपकुलपती भण्डारीकै अगुवाइमा छलफल भएको हो । आँखा रोगको सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नका निमित्त प्रतिष्ठानबाट आँखाको विशेषज्ञ सेवा दिने तयारी सुरु भएको छ । आँखाको सेवा बिस्तारका लागि आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतलाई प्रतिष्ठानमा आखाको डिपार्टमेन्ट अघि बढाउने गरी सम्पुर्ण सम्भाब्यता अध्ययन गर्ने गरि जिम्मेवारी प्रतिष्ठानले दिएको छ । आँखामा चोट लागेपछि त्यसको उपचारका लागि बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता रहदै आएको थियो । यसअघि साविक राप्ती उपक्षेत्रिय अस्पताल हुँदा नेपाल नेत्र ज्योती संघसँग सहकार्य गरेर आँखामा समस्या आएपछि त्यसको प्रारम्भिक उपचार हुने गरेकोमा अहिले आँखाको सेवा बिस्तार गर्ने क्रममा राप्ती स्वास्थ्य प्रतिष्ठान भएपछि आखाकै सर्जनको ब्यबस्था गरेर विशेषज्ञ सेवा दिने प्रबन्ध मिलाउने तयारी भइरहेको छ । विशेषज्ञ सेवा सुरु भएमा आँखाको सामान्यदेखि जटिल प्रकारका शल्यकृया प्रतिष्ठानमा हुनेछ । छलफलमा उपकुलपती भण्डारीले मेडिकल कलेजको तयारी भइरहेकै कारण सो योजना अनुसार नै आखाको सेवा बिस्तारको तयारी भइरहेको बताए। सेवा बिस्तारका लागि सबै तयारी अघि बढाउन पनि उहाले प्रतिष्ठान मातहतका कर्मचारीलाई निर्देशन दिनु भयो । साथै उपकुलपती भण्डारिले लामो समयदेखि अस्पतालमा आखाको उपचारका लागि सहयोग गर्दै आएको नेत्र ज्योती संघलाई प्रतिष्ठानको आँखाको सेवा बिस्तारका लागि योजनासहित आएमा प्रतिष्ठानले प्राबिधीक सहयोग सबै गर्न तयार रहेको भन्दै यदि सस्थाले त्यो काम गर्न नसक्ने भएमा प्रतिष्ठानले आफै पनि आँखाको सेवा बिस्तारका लागि पहल गर्ने बताए । छलफलमा नेत्र ज्योती संघका अध्यक्ष कृष्ण गिरिले आखाको सेवा बिस्तार गर्ने प्रतिष्ठानको योजना राम्रो भएको भन्दै सस्थाले आफै गर्ने वा प्रतिष्ठानलाई सहयोग गरेर जाने विषयमा सस्थामा छलफल गरेर मात्रै धारणा तय हुने बताए । छलफलमा संघको तर्फबाट सुरेन्द्र खड्का, किरण कुमार रेग्मी सहभागी भएका थिए भने प्रतिष्ठानको तर्फबाट उपकुलपती भण्डारीसहित डिन बसन्त लामीछाने, आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतको उपस्थिति रहेको थियो । सो अवसरमा डिन लामिछानेसहित आँखा रोग विशेषज्ञ सर्जन बस्नेतको टाेलि अहिले भइरहेको आँखाको सेवा बारेमा स्थलगत अवलोकन गरेको थियो । नेत्र विशेषज्ञ सर्जन बस्नेतले आफू किष्ट मेडिकल कलेजमा कार्यरत रहेको र आँखाको सेबा बिस्तारको सम्भाब्यता अध्ययन गर्न प्रतिष्ठानमा आएको बताए । उनले सुरुमा पुर्बाधार बलियो बनाएर लैजानुपर्ने आवश्यक्ता रहेको भन्दै सबै सम्भाब्यता अध्ययन गरेर छिट्टै अस्पतालमा ओपिडि र ओटिको आबश्यक पुर्बाधार निर्माण गरेर नेत्र विशेषज्ञ सेवा दिन सकिने बताए । बस्नेतले नेत्र विशेषज्ञ सेवा बिस्तारसंगै निकट भबिष्यमा आँखाकै एम.बिबि.एस र पोष्टग्रयाजुएडको आबस्यक सबैको अध्ययन पनि गरिने बताए। साथै उहाले बिगत चार बर्षदेखि यहा नेत्र विशेषज्ञ नहुँदा आखाको अप्रेसन हुन नसकेको र अब विशेषज्ञ सेवा सुरु भएमा आँखाको सबैखाले उपचार प्रतिष्ठानमा हुने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्