धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Friday, January 23Nepali News Portal

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, काभ्रे
धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा। नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्।

उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।

बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५ सय ६२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये ९ सय ५४ पुरुष र ६ सय ८ पुरुष छन्।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्