कृष्णबहादुर महरा पत्नि सीता गम्भीर विरामी उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो – Kanika Khabar
Sunday, March 15Nepali News Portal

कृष्णबहादुर महरा पत्नि सीता गम्भीर विरामी उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो

    मा प्रकाशित

 

तुलसीपुर,कात्तिक १४ ।

पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महिरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।

एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं लगिए्को हो । सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टर मार्फट काठमाडौं लैजानु परेको जानकारी दिइएको छ ।

महरा गत निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनी दाङमा आउँदा छोराको घरमा बस्दै आएका छन्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्