गहनाको समीक्षा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गहनाको समीक्षा

    मा प्रकाशित

कनिका खबर
कार्तिक१४, दाङ ।
राप्ती साहित्य परिषद्को आयोजनामा आज दाङ घोराहीमा दङाली गीतकार प्रकाश केसीद्वारा रचित एवं विश्वकीर्तिमानी सङ्गगीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीतिसङ्ग्रह ुगहनाु को समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा सँस्कृतिविद् डा। गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सन्चालित कार्यक्रममा गीतहरुको समीक्षा साहित्यकार एवं समालोचक नारायण नेपालले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा। गोविन्द आचार्य तथा अध्यक्ष पुरुषोत्तम खनाले गीतिक्षेत्रमा भएको यो महत्वपूर्ण उपलब्धि हो भन्दै स्रष्टाहरूप्रति शुभेच्छा प्रकट गरेका थिए भने उक्त एल्बमका गीतकार प्रकाश केसी र विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीति सिर्जनाका सन्दर्भमा बोलेका थिए ।

राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य डा। प्रेम योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्