मा प्रकाशित
हालेकोछु मैले चोटै चोटको सिरानी अचेल।
बगाई सिद्धाएँ यि आँखाबाट पानी अचेल।
जब तिमी गयौं मलाई चौबाटोमा छोडी,
वनकसीले बाँधी राखेकोछु जवानी अचेल।
कहिले पाटी पौवा त कहिले चौतारो गर्दै,
बटुवाको झै बनेकोछ जिन्दगानी अचेल।
नभेटाएर बसेको हुँदै होइन नवराज एक्लै,
सँगै बसौ भन्न आउँछन् छानीछानी अचेल।
एक्लो जिन्दगी जस्तो सुखमय हुँदैन भनी,
बञ्चरो खुट्टामा हानेन जानीजानी अचेल।