कनिका खबर
कार्तिक १५, काठमाडौं
सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ । प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिका अनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ । अर्थात् २०७८ वैशाख २ गतेसम्म आयोजना निर्माणको सबै काम सकाउने गरि सरकारले योजना बनाएको छ । यसअघि दसैंसम्म काठमाडौंबासीलाई मेलम्चिको पानी खुवाइने बताईएको थियो । खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलन मार्फत श्वेतपत्र जारी गरेर मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने बताउनुभएको थियो । तर, यो आयोजना कोभिड–१९ को कारण देखाएर पछि धकेलिएको छ ।
मा प्रकाशित


