भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा किसानको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा किसानको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, भक्तपुर
भक्तपुरमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जना किसानको मृत्यु भएको छ । आज सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले बताएको छ । पक्की सडकबाट भिरालो बाटोमा ट्याक्टर गुडाएर ल्याउँदा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्