प्रदेश १ मा शनिबार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिए – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रदेश १ मा शनिबार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, विराटनगर

प्रदेश १ मा शनिबार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना गरी २२२ जना कोरवना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन्। मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनवर्षी, लेटाङ र जहदामा २-२, केराबारी, रंगेली र बेलबारीमा १-१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १-१ जना, झापाको दमक र बिर्तामोडमा ६-६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २-२, हल्दीबारी र शिवसताक्षीमा १-१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

इलामको इलाम, माई र चुलाचुलीमा १-१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ।

प्रदेश १ शनिबार ३२ जना डिस्चार्ज भएका छन्। होटल एशियाटिक आइसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्यूरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आइसोलेशन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ।

प्रदेश १ मा शनिबार ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १०५ महिला र १ सय १७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्