एक महिनाभित्रै काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडामा गरिने – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

एक महिनाभित्रै काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडामा गरिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, काठमाडौं
सरकारले अबको एक महिनाभित्र काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडा ल्याण्डफिल साइटमा सुरू हुने दावी गरेको छ । हिजो दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन पनि दिनुभएको छ । अहिले फोहोर बिर्सजन भैरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उहाँ बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएको हो । पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उहाँले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ गते भित्र फोहोर बिर्सर्जन गर्न मिल्नेगरी काम सक्न निर्देशन दिनुभएको  बताउनुभयो । काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्