त्रासमा युरोप ! दोस्रो लहरको संक्रमणपछि युरोपमा कतै निषेधाज्ञा कतै लकडाउन – Kanika Khabar
Friday, January 23Nepali News Portal

त्रासमा युरोप ! दोस्रो लहरको संक्रमणपछि युरोपमा कतै निषेधाज्ञा कतै लकडाउन

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, दाङ
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएपछि युरोपेली मुलुकहरूमा कडिकडाउ गरिएको छ ।

कतिपय मुलुकहरूले निषेधाज्ञा गरेका छन् भने कयौँले लकडाउन गरेका छन् ।

अष्ट्रिया र पोर्चुगलमा निषेधाज्ञा गरिएको छ । अष्ट्रियामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालिन कर्फ्यूसमेत जारी गरिएको छ । नोभेम्बरको अन्त्यसम्म त्यहाँ निषेधाज्ञा जारी रहने बीबीसीले जनाएको छ । अस्ट्रियामा १ लाख ४ हजारभन्दा बढीमा संक्रमण भएको छ ।

पोर्चुगलमा अत्यावश्यक सेवा तथा कलेजहरू खुला रहेनछन् । अरू क्षेत्र भने बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक नपरी बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ । पोर्चुगलमा संक्रमित संख्या १ लाख ४१ हजारभन्दा बढी छ ।

फ्रान्समा शुक्रबारदेखि नै लकडाउन गरिएको छ । इटाली लगायतका मुलुकमा पनि आंशिक प्रतिबन्धहरू कायम भएका छन् ।

बेलायतले पनि लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजनिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका छन्।

लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन् । अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ ।

यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने बातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने आशा व्यक्त गरेका छन्।

बेलायतमा पछिल्लो २४ घण्टामा थप २१ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख ११ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर संक्रमित भएका ४ लाख ७० हजारमध्ये युरोपेली मुलुकका मात्रै ५० प्रतिशत छन् ।

युरोपका रसिया फ्रान्स, स्पेन, जर्मनी, बेलायत लगायतका ४८ मुलुकमा २ लाख एकै दिन ३५ लाख १०० जनामा संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्सले जनाएको छ । योसँगै युरोपमा कोरोना संक्रमितको संख्या ९९ लाख ४६ हजार नाघेको छ ।

युरोपेली मुलुकमा पछिल्लो २४ घण्टामा २ हजार ४५३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ५४६ पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्