दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २६७ घर निर्माण हुदै , विपन्न ,अल्पसंख्यक तथा दलितको मुहारमा खुशी – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २६७ घर निर्माण हुदै , विपन्न ,अल्पसंख्यक तथा दलितको मुहारमा खुशी

    मा प्रकाशित

दिपक वली
कार्तिक १६ दाङ
दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय ६७ घर निर्माण हुदै छन । आर्थिक रूपमा विपन्न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २ सय ६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन । सरकारले संचालन गरेको यो कार्यक्रमबाट जिल्लाका बिभिन्न स्थानमा रहेका लाभग्राहीहरु निकै खुशी छन् र भन्छन् हाम्रो देशमा पनि सरकार रैछ । सरकारले दिएको यो खुशीमा भने लाभग्राहीले घर निर्माणमा लाग्ने सबै खर्च दिए अझै यस्ता गरीब दुखीलाई राहत मिल्ने गुनासो गर्छन ।
यो कार्यक्रम अन्र्तगत रोल्पामा १ सय १२, प्यूठानमा १ सय १० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन । दाङमा गत आर्थिक वर्षमा छनोट भएका बबई गाँउपालीकामा २० , दंगिशरण गाँउपालीकामा १७ , शान्तिनगर गाँउपालिकामा १३,तुलसीपुर उपमहानगरपालिकामा ५३ ,घोराही उपमहानगरपालिमा ५६,बंलाचुली गाँउपालिकामा ३६ लमहि लगरपालिकामा २९ राप्ति गाँउपालिकामा १३ ,गढवा गाँउपालिकामा १५ र राजपुर गाँउपालिकामा २१ घर निर्माण सम्पन्न हुन लागेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेर बहादुर केसीले बताए । उनले घर निर्माणको लागि ३ किस्ता रकम समेत बितरण गरेको बताए ।
सरकारले उक्त कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्