४ सय ४० घरमा खरको छानो हटाएर ‘जस्तापाता’ – Kanika Khabar
Friday, January 23Nepali News Portal

४ सय ४० घरमा खरको छानो हटाएर ‘जस्तापाता’

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकोले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६/ ७७ मा नगरका ४ सय ४० घरमा खरको छानो हटाउने योजना अनुसार जस्तापाता (टिन) बितरण गरेको छ । नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि खरको छानो भएका घरमा जस्तापाता लगाउने कार्य भइरहेको छ । लुम्बिनी प्रदेश र शिवराज नगरपालिकाको १ करोड ९० लाखको लागतमा जस्तापाता खरिद गरि वितरण गरिएको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नगरभित्र रहेका अतिविपन्न,असहाय,एकल महिला,अपांग नागरिकहरुको घरमा रहेको खरको छानो हटाएर जस्तापाता प्रदान गरिएको अधिकारीले बताउनुभयो । “प्रत्येक वर्ष खरको छानो हटाउने योजना निरन्तर हुने छ, दुई वर्ष भित्र नगरलाई पूर्ण खरको छानोरहित बनाउने योजना रहेको छ, अधिकारीले भन्नुभयो “यस वर्षपनि खरको छानो हटाउने काम रहन्छ, ।” नगरको दक्षिणि क्षेत्रका अधिकाश घरमा फुसको छानो रहेकोले आगलागिको जोखिम बढी रहेको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । बर्षेनी आगलागी कारण धेरैको ज्यान जाने तथा जनधनको क्षती हुने गरेकोले खरको छानो मुक्त बनाउने योजना अघि सारिएको थारुले बताउनुभयो । शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वडामा ४० घरधुरी छनोट गरेर जस्तापाता वितरण गर्ने काम भइरहेको बताउनुभयो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्