काँग्रेसको गुटको विवादको प्रभाव स्थानीय कार्यकर्तामा पनि – Kanika Khabar
Friday, March 29Nepali News Portal

काँग्रेसको गुटको विवादको प्रभाव स्थानीय कार्यकर्तामा पनि

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका निर्धारण भइसकेको छ । तर नोबेल कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औँ महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी भइरहेको छ । महाधिवेशन सार्नेनसार्ने विषयमा जिल्लास्तरका नेता कार्यकर्ता पनि दोधारमा छन् । महाधिवेशन प्रतिनिधि समेत रहनुभएका चितवनका नेता अञ्जनी श्रेष्ठले मआधिवेशनको मिति सार्दा काँग्रेस कार्यकर्तामा निरासा छाउने बताउनुभयो । महोत्तरीबाट महाधिवेशन प्रतिनिधि रहनुभएका नेता संगिता मण्डल भने महाधिवेशन सार्नुपर्ने बताउनुभयो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीलाई विधि, पद्दतीमा हिँडाउनका लागि आफूहरुले खबरदारी गरेको सीआईएनसँग बताउनुभयो । पार्टीको विधान अनुसार क्रियाशील सदस्यता थप्ने बारेमा पनि सभापति देउवाले सक्रियता नदेखाएको आरोप नेता पौडेलले लगाउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्