कनिका खबर
कार्तिक १७, काठमाडौं
मुलुकको पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मा प्रकाशित


