पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ – Kanika Khabar
Friday, January 23Nepali News Portal

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, 
कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ ।

मृतकमध्ये पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा सबैभन्दा धेरै १ हजार ९४६ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६७ हजार ४९३ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।

विश्वभर एकै दिन ४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै ५१ प्रतिशत संक्रमित अर्थात् २ लाख २४ हजार १२२ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३६ हजार ७०७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ६८ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ३७ लाख ४८ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड १८ लाख ५० हजार ६०२ मध्ये १७ हजार २०५ को अवस्था गम्भीर छ ।

दोस्रो लहरको संक्रमण फैलने क्रम उच्च भएपछि युरोपेली मुलुकहरूमा कडिकडाउ गरिएको छ ।

कतिपय मुलुकहरूले निषेधाज्ञा गरेका छन् भने कयौँले लकडाउन गरेका छन् ।

अष्ट्रिया र पोर्चुगलमा निषेधाज्ञा गरिएको छ । अष्ट्रियामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालिन कर्फ्यूसमेत जारी गरिएको छ ।

पोर्चुगलमा अत्यावश्यक सेवा तथा कलेजहरू खुला रहेनछन् । अरू क्षेत्र भने बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक नपरी बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ

फ्रान्समा शुक्रबारदेखि नै लकडाउन गरिएको छ । इटाली लगायतका मुलुकमा पनि आंशिक प्रतिबन्धहरू कायम भएका छन् ।

बेलायतले पनि लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्