अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत विरुद्धको सुनुवाई कात्तिक २७ मा हुने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत विरुद्धको सुनुवाई कात्तिक २७ मा हुने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं
अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्धको सुनुवाई कात्तिक २७ मा हुने भएको छ । प्रस्तावित राजदूतद्वय खतिवडा र रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उहाँहरुमाथिको सुनुवाइ कात्तिक २७ गतेका लागि तय गरिएको छ । आज संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उजुरीकर्तालाई पटक–पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताउनुभयो । संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए । राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका थिए । मुख्यसचिवबाट राजीनामा दिएकै दिन बेलायतका लागि राजदूतमा सिफारिस भएका लोकदर्शन रेग्मीविरुद्ध पनि विभिन्न समयमा गरेका कामलाई आधार बनाएर उजुरी परेको बताइएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्