थप ३ हजार १ सय ५० जना कोरोना सङ्क्रमणमुक्त – Kanika Khabar
Friday, April 19Nepali News Portal

थप ३ हजार १ सय ५० जना कोरोना सङ्क्रमणमुक्त

    मा प्रकाशित

कनिका खबर
कार्तिक १८, काठमाडौं
पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ५० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको पीसीआर परिक्षण गरिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । पछिल्ला केही दिन यता कोरोना सङ्क्रमितको मृत्युदर बढिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्