भारतीय सेनाका प्रमुख भोली काठमाडौं आउँदै – Kanika Khabar
Friday, January 23Nepali News Portal

भारतीय सेनाका प्रमुख भोली काठमाडौं आउँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक १८, काठमाडौं

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भोली काठमाडौं आउनुहुने भएको छ । भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह लगाउनुहुने छ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुने छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ । भ्रमणको महत्वपूर्ण कार्यक्रम भने पर्सि बिहीबार राखिएको छ । मानार्थ महारथीको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम शितल निवासले पर्सि राखेको छ । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्