साथी रेडियो एवीसी एफ.एम १४ औँ बर्षमा प्रबेश – Kanika Khabar
Friday, January 23Nepali News Portal

साथी रेडियो एवीसी एफ.एम १४ औँ बर्षमा प्रबेश

    मा प्रकाशित

कनिका खबर
कार्तिक १८, सिन्धुली
गित संगित मनोरञ्जन र खवरको साथी रेडियो एवीसी एफ.एम १४ औँ बर्षमा प्रबेश गरेको छ । १४ औ बर्ष प्रबेशको अवसरमा रेडियोले आज मानव कल्याण समाज सेवा घर काभ्रे धुलिखेलका जेस्ठ नागरिक र बालबालिकाहरुलाई खाद्य सामग्री तथा प्रेसर कुकर, पानी तताउने इलेक्ट्रीक जग वितरण गरेको छ । कार्यक्रममा रेडियो एवीसी एफ.एम. ८९.७ मेगाहर्जका निर्देषक उषादेवी मानन्धरले संस्थाको अध्यक्ष सुमित्रा चौलागाइलाई खाध्य सामग्री हस्तान्तरण गर्नुभयो । रेडियोकी निर्देषक मानन्धरले सामुदायिक रेडियोहरुले सामाजिक उत्तरदायित्व अन्तरगत समाजमा चेतना फैलाउने कार्य गरेको उल्येख गर्दै समाज रुपान्तरणमा सहयोग पु¥याएको बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्