कनिका खबर
कार्तिक १८, दाङ
कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरि ३ करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार आज सम्ममा विश्वभरि ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन् । तर, कोरोनाबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको छ । विश्वभरि अहिलेसम्म कोरोनाबाट कुल ४ करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये १ करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि सङ्क्रमित अवस्थामै छन् । सङ्क्रमित र मृतकहरुको सङ्ख्याका आधारमा हेर्दा अमेरिका सबैभन्दा बढी प्रभावित देखिएको छ । दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन् भने १ लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ ।


