पूर्व सभामुख महराको पत्नीको कोरोना सङ्क्रमणका कारण निधन – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पूर्व सभामुख महराको पत्नीको कोरोना सङ्क्रमणका कारण निधन

    मा प्रकाशित

कनिका खबर
कात्तिक १९, दाङ ।


पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना सङ्क्रमण देखिएपछि उपचारका क्रममा निधन भएको छ ।

दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं लगी नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नर्भिकमा पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ अर्थात सङ्क्रमण देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् ।

कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्