जोखिम बढेपछि होटेलहरू पुनः बन्द – Kanika Khabar
Saturday, April 20Nepali News Portal

जोखिम बढेपछि होटेलहरू पुनः बन्द

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, नुवाकोट
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण बढेपछि केहि दिन अगाडि खुलेका रसुवाका होटेलहरू पुनः बन्द भएका छन् । पर्यटकीय लाङटाङ पदमार्गमा सञ्चालनमा रहेका होटलहरू मंगलवारदेखि बन्द भएका हुन् । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि पर्यटकिय हिमाली रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ४ को होटल व्यवसाय समितिको आग्रहमा होटल बन्द गरिएको हो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएकाले केही महिनासम्म होटेल, लज तथा चिया पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिनलगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल बन्द भएका हुन् । क्यान्जिनका पर्यटन व्यवसायी ग्याल्बु लामाका अनुसार पछिल्लो समय दैनिक ६० जनासम्म नेपाली पर्यटक आइरहेका थिए । रसुवामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् । हाल रसुवाको पर्यटकिय स्थान घुम्ने उपयुक्त मौसम हो । रसुवामा कोरोना सङ्क्रमितको संख्या १ सय ६ जना पुगेको छ । जसमा ४५ जना सक्रिय सङ्क्रमित छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्