वैदेशिक रोजगार कल्याणकारी कोषमा डिजिटल भुक्तानी सेवा प्रदायक संस्थामार्फत् रकम जम्मा गर्न सकिने व्यवस्था – Kanika Khabar
Sunday, January 18Nepali News Portal

वैदेशिक रोजगार कल्याणकारी कोषमा डिजिटल भुक्तानी सेवा प्रदायक संस्थामार्फत् रकम जम्मा गर्न सकिने व्यवस्था

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, काठमाडौं

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषमा डिजिटल भुक्तानी सेवा प्रदायक संस्थामार्फत् रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसै अनुसार अबदेखि रकम स्वदेश तथा विदेश जहाँ भए पनि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था ईसेवा फोन पे, र स्प्यारो पेबाट सरल र सहजरुपमा अनलाईन प्रणाली मार्फत् भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाईएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले  बताउनुभयो । साथै, तोकिएका भुक्तानी सेवा प्रदायक संस्थाबाट सेवा लिए बापत् सेवाग्राहीले भने कुनै पनि थप शुल्क तिर्न नपर्ने गरी आवश्यक व्यवस्था मिलाईएको बोर्डले जनाएको छ । बोर्डका अनुसार दुई वर्षसम्मको करार अवधि भएका कामदारले १५ सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने त्यसभन्दा बढी करार अवधि भएकाले २५ सय रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । खाडी राष्ट्र र मलेसिया जाने कामदारले १५ सय रुपैयाँ तिर्नुपर्छ भने कोरिया, इजरायल, जापानलगायतका देशमा करार अवधि तीन वर्षभन्दा बढी भएकाले २५ सय रुपैयाँ तिर्नुपर्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्