कोरोनाका कारण खेताला पाइदैन, घरकै सदस्यहरु मिलिजुली काम गर्दै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोनाका कारण खेताला पाइदैन, घरकै सदस्यहरु मिलिजुली काम गर्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, नवलपुर
यतिबेला देशभरका किसानलाई धान थन्काउने चटारो लागेको छ । कोरोना महामारीका कारण अघिल्ला वर्षहरु झैं यसवर्ष धान काट्न र थन्काउन खेताला पाईदैन । पाईए पनि सङ्क्रमणको जोखिम छ । बरु यसपाली घरकै सदस्यहरु, मिलिजुली काम गरिरहेका छन् । जसका कारण कामदारलाई दिनुपर्ने रकम जोगिएको छ । अन्य ठाउँका कि सान जस्तै नवलपुरका किसान पनि धान काट्न र थन्काउनमा व्यस्त छन् । धान रोप्ने बेला लकडाउन थियो, परिवारका सदस्य मिलेर लगाएको धान काट्ने बेलामा पनि खेताला खोज्नु परेको छ । कोरोना महामारीका कारण परिवारका सबै सदस्य घरमै रहेकाले गैँडाकोट ५ का बिष्णुमाया अधिकारीलाई यसवर्ष मेलापातको काममा सजिलो भएको छ । कोरोना भाईसर सङ्क्रमण फैलिन सक्ने डरले प्राय विकास निर्माणका काम पनि रोकिएका छन् । विद्यालय र कलेज बन्द भएको त, ७ महिना बितिसक्यो । पढ्नका लागि शहर बसेका छोराछोरी घरमा हुँदा, खेति गर्ने किसानलाई काममा सहयोग पुगेको छ । गंैडाकोटका ज्योति ढकाललाई १० कठ्ठा जमिनमा लगाएको धान थन्काउन यसपाली खासै समस्या परेन । विगतमा भन्दा किसानहरुले यसवर्ष बढ्ता मिहेनत गरेका छन् । मिहेनतकै कारण खेतिपाती पनि सप्रिएको छ । घरका परिवार मिलेर खेतबारीको काम गर्दा खर्च पनि घटेको एकजना किसान बसन्ती भट्ट बताउँनुहुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्