आफुले चुनाब जितिसकेको ट्रम्पको भनाइ, मतगणना भने जारी – Kanika Khabar
Friday, January 23Nepali News Portal

आफुले चुनाब जितिसकेको ट्रम्पको भनाइ, मतगणना भने जारी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, दाङ
मतगणना जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गर्नुभएको छ । आज ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गर्दै उहाँले आफूहरु ठूलो जितको क्रममा रहेको बताउनुभयो । चुनावको अन्तिम नतिजा नआउँदै उहाँले जितको घोषणा गर्नुभएको हो । फ्लोरिडामा भने डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गर्नुभएको छ । फ्लोरिडा ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ । ट्रम्पको लागि परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा आयो भने जो बाइडनको समर्थन रहेको ठानिने हिस्पानिक मूलका मतदाताहरूबाट समेत राम्रो मत प्राप्त भएको छ । अमेरिकामा राष्ट्रपतिय निर्वाचनको मत गणना भने जारी रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्