पर्वत अस्पतालमा गम्भिर सङ्क्रमितको पनि उपचार गरिने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

पर्वत अस्पतालमा गम्भिर सङ्क्रमितको पनि उपचार गरिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, पर्वत
गम्भिर खालका कोरोना सङक्रमितको पनि पर्वत अस्पतालमै उपचार हुने भएको छ । पोखराका अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएपछि पर्वत अस्पतालले कोरोना सङ्क्रमितलाई पोखरा रिफर नगरि जिल्लामै उपचार गर्न अस्पतालमा सबै खाले पूर्वाधार तयार पारेको जनाएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अक्सिजन, भेन्टिलेटर र आइसियू कक्षको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । तिहार लगत्तै पर्वत अस्पतालले गम्भिर विरामीलाई भर्ना गरेर उपचार थाल्ने देवकोटाले जानकारी दिनुभएको छ । अस्पतालले प्रदेश सरकारको सहयोगमा हालै अक्सिजन प्लाण्ट शुरु गरेको छ भने भेन्टिलेटर जडान गरेको छ । तिहारपछि जिल्लामा कोरोना सङ्क्रमित बढ्ने अनुमान गरिएको छ । विगत एक महिनाको अवधिमा जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अहिलेसम्म १ सय ७७ जना सङ्क्रमित भएका छन् । दुईसय एक जना निको भएपनि १९ जना होम आईसोलेसन र ५ जना अस्थाई कोरोना अस्पतालमा उपचाररत छन् । पर्वतमा कोरोना सङ्क्रमितमा गम्भिर लक्षण देखिएमा पोखरा रिफर गर्ने गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा दैनिक एक सयको हाराहारीमा सङ्क्रमित देखिन थालेपछि अस्पतालमा चाप बढ्दो छ । आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने गम्भिर बिरामीहरू बढेका छन् । पोखरामा अस्पताल भरिन थालेपछि सामाजिक विकास मन्त्रालयले सबै जिल्लामा भेन्टिलेटर सहितको अस्पताल चलाउन निर्देशन दिएपछि पर्वतमा पनि कोभिड अस्पताल सञ्चालन गर्न थालिएको बुझिएको छ । जिल्लाका सबै स्थानीय तहहरूले पनि पाँच बेडको अस्थाई अस्पताल निर्माण गरिरहेका स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्