बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आज ढाका जाँदै – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आज ढाका जाँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, दाङ
बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो नेपाली टोलीलाई विदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले खेलाडीलाई विदाई गर्नुभएको हो । २५ खेलाडी र ७ पदाधिकारीसहितको नेपाली टिम आज बिहीबार ढाका प्रस्थान गर्ने छन् । प्रशिक्षणमा बोलाईएका खेलाडीमध्ये ७ जना कोरोना सङ्क्रमण देखिएपछि बंगलादेश जाने छैनन् । यस्तै रोहित चन्दले चोटका कारण बंगलादेश भ्रमण गुमाउने छन् । नेपालले कार्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्