थप ३ हजार ५१ जनामा कोरोना पुष्टि, ३ हजार ४ सय ३० स्वस्थ – Kanika Khabar
Friday, April 19Nepali News Portal

थप ३ हजार ५१ जनामा कोरोना पुष्टि, ३ हजार ४ सय ३० स्वस्थ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, काठमाडौं
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ६८ पिसिआर परीक्षण गर्दा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा १२ सय ९ महिला र १८ सय ४२ जना पुरुषमा गरि थप ३ हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या एक लाख ८५ हजार ९ सय ७४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय ३० जना कोरोना सङ्क्रमण पछि स्वस्थ भएका छन् । योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ४८ हजार ४ सय ८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ७९ दशमलव ८ प्रतिशत हो । यस्तै पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्