एसओएसद्धारा ८ परिवारलाई ५० हजारका दरले आर्थिक सहयोग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एसओएसद्धारा ८ परिवारलाई ५० हजारका दरले आर्थिक सहयोग

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, बर्दिया
एसओएस सामाजिक सेवा केन्द्र बर्दियाले बाँसगढीका अतिविपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । सेवा केन्द्रको परिवार सवलिकरण परियोजनाको आयमुलक तथा जिविकोपार्जन कार्यक्रम अन्तरगत बाँसगढी क्षेत्रका अतिविपन्न ८ घरपरिवारलाई आर्थिक सहयोग स्वरुप प्रति परिवार ५० हजारका दरले रकम हस्तान्तरण गरिएको हो । एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुण्ड कुमार गिरी, एसओएस युवालय नेपालगञ्जका नायव निर्देशक तुलाराम विश्वास लगायतको उपस्थितिमा आज बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले एक कार्यक्रमका विच रकम हस्तान्तरण गर्नुभएको हो । आयमुलक तथा जिविकोपार्जन कार्यक्रम अनुसार ४५ घरपरिवारलाई ५० हजारका दरले आर्थिक सहयोग गरिने भए पनि पहिलो चरणमा ८ परिवारलाई चेक हस्तान्तरण गरिएको एसओएस सामाजिक सेवा केन्द्र बर्दियाले जनाएको छ । एसओएस सामाजिक सेवा केन्द्र बर्दियाका अनुसार ९५ लाख ७४ हजार बजेटमा परियोजनाको विभिन्न कार्यक्रम मार्फत १ हजार ८२ जना लाभाम्वित हुने छन् । परियोजना अन्तरगत खाद्य तथा नगद सहयोग कार्यक्रममा ८१ जना, अतिआवश्यक खाद्य तथा अन्य सामाग्रीमा ४ सय ४ जना, शैक्षिक तथा लत्ताकपडा सहयोग कार्यक्रममा ५ सय ४३, आयमुलक तथा जिविकोपार्जन कार्यक्रममा ४५, युवा लक्षित सिप मुलक तालीम कार्यक्रममा ६ जना लाभान्वित हुने छन् । त्यस्तै परियोजना अन्तरगत बाल संरक्षण कार्यक्रम, व्यक्तिगत स्याहार सचेतना कार्यक्रम समेत रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्