काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि स¥यो – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि स¥यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक २१, काठमाडौं
पटक पटक सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । आजका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर सरेको हो । अब बैठक सोमबार कात्तिक २४ गते बस्ने गरी तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । एक महिनादेखि काँग्रेस बैठक सर्दै आएको छ । बैठक बस्नुअघि नै पार्टीले गर्ने निर्णयबारे सहमति नजुटेपछि बैठक तीन दिन पर सारिएको हो । कोरोना महामारीका कारण फागुनमा तोकिएको १४ औँ महाधिवेशन नहुने भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा काँग्रेसभित्र मतभेद छ । संस्थापन पक्षले आउँदो भदौमा महाधिवेशन गर्न प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले जेठ वा त्यसभन्दा अघि नै महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्