कोरोनाका कारण दाङका एक शिक्षकको निधन – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोनाका कारण दाङका एक शिक्षकको निधन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ ।
कोरोना भाइरस सङ्क्रमणका कारण दाण्का एक शिक्षकको निधन भएका छ । जिल्लाको घोराही निवासी ५९ बर्षीय एक प्रधानाध्यापकको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी मदनकुमार शर्मा रहेका छन् । उनको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

उनी मावि गोग्लीका प्रधानाध्यापक हुन । उनी कार्तिक १ गतेदेखि सरुवा भएर मावि गोग्लीमा गएका थिए । त्यसअघि उनी मावि भ्युडहर सुनपुर भमकेका प्रधानाध्यापक थिए । शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान ५ : २५ मा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
योसहित दाङमा हालसम्म १८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । झन्डै दूई हजार पाँचसय जति संक्रमितको संख्या पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्