कनिका खबर
कार्तिक २२, नुवाकोट
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ लागू भएको छ । बीमा कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य बीमा बोर्ड र त्रिशूली अस्पतालबीच अस्पतालमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिशूली अस्पतालबाट प्रदान हुने सेवामा बीमा कार्यक्रममार्फत दाबी भुक्तानीको लागी स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. राधिका थपलिया र त्रिशूली अस्पतालको तर्फवाट निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. सुनीता केसीले स्वास्थ्य बीमा बोर्डको ‘सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेसंग कार्यक्रम सन्चालन भएको अस्पतालले जनाएको छ । आगामी मङ्सिर १ गतेदेखि लागू हुने बीमा कार्यक्रमको लागी दर्ता तथा सोधपुछ कार्यक्रमसम्बन्धि जानकारी दिनुपर्ने, बिरामीले दाबी गरेका प्रमाणलाई सूचना प्रणालीमा अध्यावधिक गर्नुपर्ने, अस्पतालको परिसरमा औषधि वितरण कक्षको व्यावस्थापन गर्ने, बीमा गरेकालाई तोकिएको सेवासहित औषधिको सरल रुपमा उपलब्ध गराउनुपर्ने लगायतको शर्त उल्लेख गरिएको त्रिशूली अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौता पाँच वर्षको लागी लागू गरिएको छ । ‘स्वास्थ्य बीमा कार्यक्रमको लागी न्यूनतम पाँचजनाको परिवार भएमा एक वर्षको तीन हजार ५ सय रुपैया शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिव्यक्ति ४ सय २५ थपेर बीमा कार्यक्रममा समावेश हुन सक्ने व्यावस्था मिलाइएको त्रिशूली अस्पतालले जनाएको छ ।
मा प्रकाशित


