जग्गाको विषयमा झडप हुँदा रोशी ११ मा एकको मृत्यु – Kanika Khabar
Friday, January 23Nepali News Portal

जग्गाको विषयमा झडप हुँदा रोशी ११ मा एकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, काभ्रे
जग्गाको विषयमा झडप हुँदा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ११ भिमखोरी भैसे डाँडाका सुब्बा सार्कीको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेको समयमा अन्दाजी २५–२६ वर्षका सुब्बा सार्कीले स्थानिय अन्दाजी ५५–६० वर्षका खड्का नेपालीलाई बञ्चरो प्रहार गरी गम्भिर घाईते बनाएका थिए । बञ्चरो प्रहार पछि आफ्नो बाबु अचेत अवस्थामा देखे पछि घाईते नेपालीका छोरा अन्दाजी २३ वर्षका सन्तोष नेपालीले बञ्चरो प्रहार गर्ने सार्कीलाई ढुङ्गाले हानेर गम्भिर घाईते बनाएको ईलाका प्रहरी कार्यलय मंगलटारका ईन्चार्ज शेखर खड्काले जानकारी दिनुभयो । घाईते सार्कीलाई धुलिखेल अस्पतालमा लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको छ । अर्का घाईते नेपालीलाई हेलिकप्टरबाट काठमाण्डौको ह्याम्स अस्पताल लगिएको र उपचार भईरहेको वडा अध्यक्ष मिलन लामाले जानकारी दिनुभयो । नेपालीको अवस्था पनि चिन्ताजनक रहेको उनले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्