काङ्ग्रेस पदाधिकारी बैठकमा सहमतिको प्रयास जारी, कार्यसमितिको बैठक २४ गते – Kanika Khabar
Saturday, January 17Nepali News Portal

काङ्ग्रेस पदाधिकारी बैठकमा सहमतिको प्रयास जारी, कार्यसमितिको बैठक २४ गते

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकमा सहमतिको प्रयास जारी रहेको छ । पार्टीभित्र देखिएको विवाद र असमझदारीका बारेमा छलफल र सहमतिको प्रयास गरिएको छ ।

आज शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निबास बुढानिकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिका बिषयमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको र केन्द्रीय समिति बैठक अघि नै सहमति जुटाउने प्रयास हुने नेता गगन थापाले जानकारी दिए ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवाद टुंग्गाउन आइतबार पनि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने र ठोस निष्कर्षमा पुग्ने थापाले बताए ।

सहमतिकै लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ ।

देउवा समूहले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागि हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्