कनिका खबर
कार्तिक २३, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालयका पाँच नेताबीच छलफल भएको छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल अनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता हिजो बालुवाटार पुगेका थिए ।
नेताहरूले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । हिजै सचिवालय बैठक तोक्ने प्रयास भएपनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको नेताहरूले बताएका छन् ।
मा प्रकाशित


