भुमिहीनहरुको समस्या —सरकार, लालपुर्जा कहिले पाइन्छ ? – Kanika Khabar
Sunday, May 10Nepali News Portal

भुमिहीनहरुको समस्या —सरकार, लालपुर्जा कहिले पाइन्छ ?

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
गढवा २३ कार्तिक ।
मेरो जग्गा राप्ती नदीको बगरमा छ । अहिले खोला हिडिरहेको छ । २०४९ सालमा नदीले जग्गा जति काटेपछि भुमिहीन बनेर अर्काको जग्गा बटैया जोतेर जीविका चलाएका छौं । २०६२ साल देखि गढवा ५ धर्मपुरको गाउँ छोडेर सामुदायिक वन समूहको क्षेत्र भवनी बस्ती शिविरमा बस्दै आएकी आरती चौधरीले भनिन् । सरकार–लालपुर्जा कहिले पाइन्छ ? आरती चौधरीको जस्तै गढवा ५ कक्रहवाकी जेबिका बिक पनि लामो समयदेखि चिउरीघाट वन समूहले उपलब्ध गराएको ऐलानीमा बस्दै आएकी छिन् । स्थानीयले आफूले गरेको खेतीमा गाई चराएर प्रताडित गराएको उनको गुनासो छ । उनीहरुको जस्तै गढवा ५ कि शान्ती चौधरी, सन्तरामी चौधरी र सरिता चौधरीले पनि नदीले जमिन काटेपछि भुमिहीन भएर बस्नुपरेको र हालसम्म सरकारले पुर्जा नदिएको गुनासो ब्यक्त गरेका छन् ।
भुमि सम्बन्धी बिषयमा सोसाइटी वेलफर एक्सन नेपाल स्वानको आयोजनामा हिजो शनिवार स्थानीय निकाय र सरोकारवाला बिच भएको संबाद कार्यक्रममा उपस्थित नागरिकहरुले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव सामु यस्ता गुनासा ब्यक्त गरेका हुन् । यत्ति मात्र होइन स्थानीय सरकारले किसानहरुका लागि उपलब्ध गराउने अनुदानको बिउ समयमै उपलब्ध गराउन र माग बमोजिम मलखादको समेत सहज आपुर्ती गरिदिन कार्यक्रमका सहभागीहरुले माग गरे ।
स्वान नेपालका रेवन्त चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै किसानहरुबाट उठेका जिज्ञासाको जवाफ अध्यक्ष यादव र बिषयगत शाखाका प्रमुखहरुले दिएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यादवले नेपाल सरकारले भूमी सम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरि काम अगाडी बढाई सकेको र सथानीय स्तरमा पनि यो कार्य केहि समय लगत्तै अगाडी बढ्ने भन्दै छिटै सुकुम्बासी तथा भुमिहिनहरुलाई पुर्जा बितरण गर्ने कार्यक्रम नेपाल सरकारले अगाडी ल्याउने बताए । कार्यक्रममा जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष देउमान दमाई, गढवा गाउँपालिका पशुसेवा शाखाका अधिकृत अनन्तराज रेग्मी, कृषि शाखाका प्रमुख कर्ताराम यादव, न्यायिक समितिका सदस्य आशाराम चौधरी र स्वान नेपालका संयोजक बिष्णु भुसाल लगायतले धारणा राखेका थिए । संबाद कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोखे्रलले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्